नबिल ब्यालेन्स्ड फन्ड-२ र नबिल फ्लेक्सी क्याप फन्डको प्रतिफल घोषणा



काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड-२ र नबिल फ्लेक्सी क्याप फन्डले प्रतिफल घोषणा गरेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित फण्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स्ड फन्ड-२ ले करसहित ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ ।

यस्तै, नबिल फ्लेक्सी क्याप फन्डले इकाईधनीलाई करसहित ५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ ।

नबिल ब्यालेन्स्ड फन्ड-२’ ले असोज ११ गते बुक क्लोज गर्ने भएको छ । असोज १० गतेसम्म कायम इकाईधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

फ्लेक्सी क्याप फन्डले आज बुक क्लोज गरेको छ । मंगलबारसम्म कायम रहेका सेयरधनीले प्रतिफल पाउनेछन् ।


क्लिकमान्डु