एनएलजी इन्स्योरेन्सले हकप्रद सेयरमा गर्यो संशोधन



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरमा संशोधन गरेको छ ।

कम्पनीले यसअघि ६६ प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो । अहिले ६२.५६ प्रतिशत मात्रै निष्कासन गर्ने भएको छ ।

बिमा प्राधिकरणले तोकेको पुँजी पुर्याउनका लागि कम्पनीले हाल कायम रहेको पुँजीमा ६२.५६ प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

प्राधिकरणले निर्जीबन बिमा कम्पनीको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ ।


क्लिकमान्डु