नाइजेरियामा तेल बोकेको ट्यांकर विस्फोट हुँदा ५० भन्दा धेरैको मृत्यु



एजेन्सी । नाइजेरियामा तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । स्थानीय विपद्‍ व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार आइतबार १२:३० मा यस्तो दुर्घटना भएको हो ।

तेल बोकेको ट्यांकर अर्को ट्रकसँग ठोक्किँदा विस्फोट भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा मानिसहरुसँगै केही पशुचौपाया पनि रहेको बताइएको छ ।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ । जहाँ दुई सवारी साधन ठोक्किएपछि त्यहाँ आगजनि भइरहेको देखिएको छ । नजिकै रहेका पशुहरु जलेको पनि देखिन्छ । स्थानीय विपद्‍ एजेन्सीले यसलाई पछिल्ला केही वर्षयताकै ठूलो दुर्घटना भनेको छ ।

नाइजेरियामा खराब सडकका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् ।


क्लिकमान्डु