मस्क र अडानी ‘ट्रिलिनियर’ बन्दै, कसको सम्पत्ति कति बढ्दैछ ? (सूची)



एजेन्सी । अमेरिकी उद्यमी एलन मस्क २०२७ सम्म विश्वकै पहिलो ट्रिलिनियर अर्थात् खर्बपति बन्ने आँकलन गरिएको छ । स्पेस एक्स र टेस्लाका मालिक समेत रहेका मस्कसँग हाल विश्वकै धनी व्यक्तिको रुपमा २५१ अर्ब अमेरिकी डलर (३ सय ३८ खर्ब १३ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ) सम्पत्ति रहेको छ ।

सम्पत्ति मापन गर्ने अन्तर्राष्ट्रिय संस्था इनफर्मा कनेक्ट एक्डेमीको रिपोर्ट अनुसार यस्तो तथ्य सार्वजनिक भएको हो । जस अनुसार मस्कको सम्पत्ति वार्षिक रुपमा ११० प्रतिशतले वृद्धि भइरहेको देखिन्छ ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार एकेडेमीको २०२४ को सार्वजनिक ट्रिलियन क्लब प्रक्षेपण गरेको छ । यससँगै ट्रिलिनियर बन्ने व्यक्तिहरुको सूचीको दोस्रो स्थानमा भने भारतीय उद्यमी गौतम अडानी परेका छन् । गौतमलाई भने एकेडेमीले २०२८ सम्म ट्रिलिनियर बन्नसक्ने व्यक्तिको रुपमा प्रक्षेपण गरेको छ । यदि उनको वार्षिक उत्पादन १२३ प्रतिशतका दरले वृद्धि भए उनी २०२८ सम्म ट्रिलिनियर बन्ने एकेडेमीले प्रक्षेपण गरेको हो ।

यस्तै २०२८ सम्म ट्रिलिनियर बन्ने व्यक्तिको रुपमा नभिडियाका सीईओ जेन्सन हुआङ पनि परेका छन् । यसैगरी विश्वकै तेस्रो धनी व्यक्ति रहेका मेटा कम्पनीका मालिक मार्क जुकर्बर्ग पनि सन् २०३० सम्म ट्रिलिनियर बन्ने व्यक्तिको सूचीमा छन् । उनको सम्पत्ति हाल २०० अर्ब अमेरिकी डलर रहेको छ ।

एकेडेमीले ट्रिलियन व्यक्तिसँगै कम्पनीहरुको पनि सूची सार्वजनिक गरेको छ । जसअन्तर्गत वारेन बफेटको बर्कसायर ह्याथवे पनि यो सूचीमा परेको छ ।

ट्रिलियनर बन्ने व्यक्तिको सूचीमा एलन मस्क, गौतम अडानी, मार्क जुकर्बर्ग, जेन्सन हुवाङ, जेफ बेजोस र भारतीय व्यवसायी मुकेश अम्बानी पनि परेका छन् । अम्बानीलाई २०३३ मा मात्रै ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ । जेफ बेजोसलाई भने २०३६ मा मात्रै ट्रलिनियर बन्ने प्रक्षेपण गरिएको छ ।

एकेडेमीको सूची अनुसार सबैभन्दा पहिला ट्रिलिनियर बन्ने महिलाको रुपमा एलओरियलकी मालिक फ्रेन्च उद्यमी फ्रांकोइज बेटेनकोर्ट मेयर देखिएकी छन् । फेसन तथा रिटेल व्यवसाय गर्दै आएकी बेटेनकोर्टलाई एकेडेमीले २०४० मा मात्रै ट्रिलिनियर बन्ने प्रक्षेपण गरेको छ । एकेडेमीका अनुसार ३० जना डलर अर्बपतिको सूचीमा रहेका महिलाहरु यस शताब्दिको मध्यसम्ममा ट्रिलिनियर बन्ने अपेक्षा गरिएको छ ।

यसैगरी वारेन बफेटलाई २०४२ मा मात्रै ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ । तर बिल गेट्सलाई भने ३० औं ट्रिलिनियरको रुपमा २०५४ मात्रै ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ । उनीभन्दा पहिला अर्की महिला उद्यमी वालमार्टकी उत्तराधिकारी एलिस वाल्टनलाई २०५१ सम्म ट्रिलिनियर बन्ने प्रक्षेपण गरिएको छ ।

२०३० सम्म ट्रिलिनियर बन्ने ७ व्यवसायीहरु :

१. एलन मस्क (२०२७ सम्म)

२. गौतम अडानी (२०२८)

३. जेन्सन हुआङ (२०२८)

४. प्राजोगो पांगेस्तु (२०२८)

५. बर्नार्ड अर्नर्ल्ट र परिवार (२०३०)

६. मार्क जुकर्बर्ग (२०३० सम्म)

७. फिल नाइट र परिवार (२०३० )


क्लिकमान्डु