ब्लाक एण्ड डेकरको ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक



काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशै-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको ओएफआर हीटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजि ओभन, ई-प्रेसर कुकर र भ्याकुम क्लिनर लगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्ने छन् ।

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्ने छन् । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

ब्लाक एण्ड डेकरले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ। यस उत्सवको अवसरमा, ब्लाक एण्ड डेकरले आफ्ना ग्राहकहरूलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यो योजना सञ्चालन गरेको छ। ग्राहकहरुले यो योजनाको लाभ भाद्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ । ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।


क्लिकमान्डु