निगम अधिकारीको २९ पृष्ठ लामो स्पष्टीकरण, नियामकको असहयोग र सरकारसँगको समन्वय अभावले कामै गर्न सकिएन



काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रासाद पण्डेसमक्ष २९ पृष्ठ लामे स्पष्टीकरण बुझाएका छन् । निगमका अधिकारीले बुझाइएको उक्त स्पष्टीकरणमा नियामक निकायको असहयोग र पर्यटन मन्त्रालयसमक्ष समन्वय कमजोर भएको गुनासो गरेका छन् ।

अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको असहयोगले जहाज मर्मतको एमआरओ छनोट गर्नसमेत ढिलाई भएको गुनासोसहितको स्पष्टीकरण पर्यटन मन्त्रीसमक्ष पेश गरेका छन् ।

निगमले इटली पठाएको वाइडबडीको ९ एनएएलवाईको एमआओ छनोट कार्यमा भएको ढिलाईले जहाजको मर्मत सकेर आउन पनि विलम्व भएको जवाफ अधिकारीले दिएका छन् ।

अधिकारीले निगम नाफामा जान नसक्नुको कारण महंगो ब्याजको ऋणभार, चिनियाँ जहाजले बढाएको घाटा, सरकारले भैरहवा र पोखरा विमानस्थल चलाउन दिउको बाध्यकारी छुटको निर्देशन पालन गर्नुपर्नेसहितका कारण निगमले नाफा कमाउन नसकेको पनि उल्लेख छ । निगम अध्यक्ष अधिकारीले पर्यटन मन्त्रालयले सोधेको ११ बुँदै स्पष्टीकरण सबै बुँदामा जवाफ पठाएको छ ।


क्लिकमान्डु