जीवन बिमा कम्पनीले एकै महिनामा आर्जन गरे साढे १८ अर्ब बिमाशुल्क, कुन कम्पनीले कति ?



काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार १४ वटा कम्पनीले एक महिनामा ३ लाख २२ हजार ७६८ वटा बिमा शुल्क आर्जन गरेर १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बढी बिमाशुल्क आर्जन गरेका हुन् ।

साउनमा प्रथम बिमा शुल्क २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वैदेशिक रोजगार बिमाशुल्क २४ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

बिमा प्राधिकरणका अनुसार साउन महिनामा सबैभन्दा बढी बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महिनामा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले एक महिनामा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

साउन महिनामा एशियन लाइफले ९२ करोड ७३ लाख रुपैयाँ, सिटिजन्स लाइफले ७६ करोड ४१ लाख, सुर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

साउन महिनामा आइएमई लाइफ इन्स्योरेन्सले ५४ करोड २७ लाख, सन नेपाल लाइफको ४४ करोड ८७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड २५ लाख, रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख, सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

मेट लाइफले ५० करोड ५५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु