एभरेष्ट बैंकको लाभांश इतिहासः औषतमा ३४.४० प्रतिशत, कुन वर्ष कति ?



काठमाडौं । एभरेष्ट बैंकले १४ वर्षको अवधिमा औषतमा ३४.४० प्रतिशत लाभांश दिएको छ । यो बैंक निकै राम्रो लाभांश दिने कम्पनीको सूचीमा अग्रस्थानमा छ ।

बैंकले यो अवधिमा सबैभन्दा बढी ७३.६८ प्रतिशत लाभांश दिएको छ भने सबैभन्दा कम १०.३२ प्रतिशत रहेको छ । बैंकले सेयरधनीलाई २० प्रतिशत भन्दा कम लाभांश ३ पटकमात्रै दिएको छ ।

बैंकले आर्थिक वर्ष २०६७/६८ मा ६० प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० र कर सहित ५० प्रतिशत नगद लाभांश दिएको थियो ।

बैंकले आव २०७२/७३ मा ७३.६८ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ७० र कर सहित ३.६८ प्रतिशत नगद लाभांश दिएको थियो । सबैभन्दा कम आव २०७७/७८ मा १०.३२ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ६ र कर सहित ४.३२ प्रतिशत नगद लाभांश दिएको थियो ।

बैंकले आव २०८०/८१ को नाफाबाट लाभांश १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोछ ।

आज (शुक्रबार) बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १० प्रतिशत रहेको छ भने करसहित नगद ५.५३ प्रतिशत लाभांश रहेको छ ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु