होटल बिक्री गर्ने योजना छैन: याक एण्ड यति



काठमाडौं । राजधानीको पुरानो संस्कृति बोकेको पाँचतारे होटल याक एण्ड यतिले होटल बिक्रीमा नरहेको दाबी गरेको छ ।

होटल बिक्रीमा संलग्न रहँदै आएको उच्च स्रोतले याक एण्ड यतिसहित अन्य पाँचतारे होटल बिक्रीमा रहेको भन्दै सम्पत्ति र मूल्यांकन सहितको जानकारी विवरण उपलब्ध गराएपछि त्यसबारे थप स्रोतहरुसँग पुष्टी गर्दै होटल बिक्रीबारेको समाचार सम्प्रेषण भएको थियो । तर पछि होटलले बिक्रीमा नरहेको दाबी गरेको हो ।

तर होटल निकट स्रोतले पनि याक एण्ड यति बिक्री गर्ने बारेको सम्पत्ति र संरचनागत मूल्यांकनसहितको विवरण क्लिकमान्डुलाई उपलब्ध गराएको छ । यो होटलसँगै अन्य होटलको विवरण पनि प्राप्त भएकाले अन्य पाँचतारेहरुको पनि समाचार सम्प्रेषण गरेको हो ।

तर, याक एण्ड यतिले समाचारको खण्डन गर्दै भनेको छ, ‘पाँचतारे होटल याक एण्ड यति होटल बिक्रिको कुनै तयारी छैन । होटल निर्वाध ढंगले सञ्चान भइरहेको छ ।’

याक एण्ड यतिले होटल बिक्री गर्ने योजना नरहेको दाबी गरेको छ ।


क्लिकमान्डु