सेयर बजारमा सामान्य सुधार, बिमा समूहले तान्यो लगानीकर्ताको ध्यान




काठमाडौं । सयर बजारमा सामान्य सुधार आएको छ । सोमबार लामो समयपछि बजारमा आएको उछालमा मंगलबार भने ब्रेक लागेको छ ।

निकै उतार चढाबकाबिच बजारमा ६.९० अंकले बढेर परिसूचक २८३०.१६ बिन्दु कायम भएको छ । ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा ७ वटा समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको १०.२८, वित्त ५८.४६, जलविद्युत १७.६९, उत्पादन तथा प्रशोधन १०.८८, अन्य ४.०३, ट्रेडिङ समूहको उपसूचक १५.९५ अंकले घटेको छ ।

कारोबारमा विकास बैंक ७४.०८, होटल ४७.७४, जीवन बिमा ३१८.३१, माइक्रोफाइनान्स १८.८६, निर्जीबन बिमा ६४९.८० अंकले बढेको छ ।

कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ वटा कम्पनीको सेयर मूल्य सर्किट तहमा बढेको छ । आजको कारोबारमा लगानीकर्ताको ध्यान बिमा कम्पनीमा बढी देखिएको छ ।


क्लिकमान्डु