सञ्चारमन्त्रीको अभिव्यक्तिमा कांग्रेस सांसदको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै खतिवडाले मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे । सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे ।

उनले गण्डकीमा मन्त्री पद पैसामा बिक्री गर्न सुरु भएको हो कि होइन भन्दै सरकारसँग जवाफ मागे ।

मन्त्री गुरुङले प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् ।


क्लिकमान्डु