हवाई भाडा घट्यो, कुन गन्तव्यको शुल्क कति ?



काठमाडौं । नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा हवाई भाडा सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटेको छ ।

काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ । घटेको हवाई भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँसम्मले घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरुले पनि इन्धनको मूल्य समायोजन गरेर हवाई भाडा घटाउने वा बढाउने गरेका छन । इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरुले इन्धनमा लिएको शुल्क घटाउँदा टिकटकै मूल्य नै घट्ने गरेको छ ।

आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ ।

यस्तो मूल्य ३.६५ प्रतिशतले घटेको सोही अनुपातमा आन्तरिक वायुसेवा कम्पनीले पनि इन्धनको शुल्क वापतको रकम घटाएका छन् । सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा उड्ने वायुसेवाको इन्धन खर्च प्रति यात्रु प्रति मिनेट ७०.२१ रुपैयाँ खर्च हुने भएको छ । सोही खर्चको अनुपातलाई हिसाव गरेर हवाई भाडा घटेको हो ।

नयाँ हवाई भाडा दर आन्तरिक वायुसेवाले उडान गर्ने गन्तव्यमा लिइने नर्मल भाडादरमा तय भएको छ । नयाँ भाडादर अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर भएको उडानमा माउन्टेन फ्लाइटमा १७० रुपैयाँ, भद्रपुर १५० रुपैयाँ, विराटनगर १२० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १०५ रुपैयाँ इन्धनको मूल्य घटेको छ ।

वायुसेवा कम्पनीको लागि इन्धनको लागत घट्दा हवाई भाडा नेपालगन्जमा १६५, धनगढीमा २२०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १७५, राजविराजमा १०० रुपैयाँले घटेको छ ।

सहरी क्षेत्रका विमानस्थलका लागि हवाई इन्धन लागत:


क्लिकमान्डु