वन मन्त्री बनाएपछि दीपक मनाङेले दिए राजीनामा, भन्छन्- धेरैपटक मन्त्री बन्दा अल्छी लाग्यो !



पोखरा । वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट बनेका गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् ।

सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेको मन्त्रालय परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए ।

मनाङेले अब आफू सरकारमा नजाने बताएका छन् । आफू धेरैपटक मन्त्री बन्दा अल्छी लागेको भन्दै उनले अब आराम गर्ने बताए ।


क्लिकमान्डु