ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने




काठमाडौं । ह्याविट्याट पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले जारी पूँजी ५५ करोडको २० प्रतिशत अर्थात ११ लाख कित्ता सेयर निष्कासनको तयारी गरेको छ ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मेगावाट क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

आयोजनाको ७० प्रतिशत काम सकिएको जनाएको छ । चालु आवको चैत्र मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गरिसक्दा प्रति मेगावाट लागत १९ करोड रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु