सेयर बजारमा ११ प्रतिशतको करेक्सनपछि सतकीय सुधार




काठमाडौं । सेयर बजारमा ११.१६ प्रतिशतको करेक्सनपछि बजारमा सतकीय सुधार देखिएको छ ।

३०००.८१ पुगेको बजार करिब दुई साताको अवधिमा ११.१६ प्रतिशतले घटेर आइतबार २६९५.९३ बिन्दु कायम भएको थियो । सोमबार एकाएक बजारमा सतकीय सुधार देखिएको छ। यो सँगै २६ सयको बिन्दुमा झरेको बजार एकै दिनको कारोबारले २८ सयको बिन्दुका उक्लिएको छ ।

बजार मापन गर्ने सूचक १२७.३२ अंकले बढेर परिसूचक २८२३.२५ बिन्दु कायम भएको छ । कारोबारमा बजार ४.७२ प्रतिशतले बढेको हो । ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । ५ वटा कम्पनीको सेयर मूल्य सर्किट तहमा बढेको छ । कारोबार रकमको आधारमा पहिलो स्थानमा गुडविल फाइनान्स रहेको छ । कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अपी पावर कम्पनी र हिमालयन रिइन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु