पर्यटक आगमन ८ प्रतिशतले बढ्यो, ७ लाख पर्यटक भित्रिए



काठमाडौं । पर्यटक आगमन ८ प्रतिशतले बढेको छ । सन् २०२४ को अगस्टमा नेपालमा ७२ हजार २१९ पर्यटक आएका छन् । यस्तो पर्यटक आगमन सन् २०२३ को सोही अवधिमा ६७ हजार १५३ पर्यटक आएका थिए ।

नेपाल भित्रिएका पर्यटकमा गत महिना अगस्टमा सबैभन्दा बढी भारतीय आएका छन् । भारतबाट नेपालमा २५ हजार ८३२ पर्यटक आएका छन भने भारतबाट आउने पर्यटकको सख्या बढ्दै गएर ६ हजार ६१४ पुगेको छ ।

गत महिना नेपाल आउने विदेशी पर्यटकमध्ये अमेरिकाबाट आउने संख्या ५ हजार ६१४ छन ।

नेपाल भित्रने पर्यटकमा सन् २०२३ को अगस्टमा सार्क मुलुकबाट ३५ हजार आएका छन । सार्कका अन्य मुलुकबाट १२ हजार आएका थिए । गत महिना युरोपबाट आउने पर्यटकको संख्या ९ हजार ९ सय रहेको छ भने अमेरिकी मुलुबाट आउनेको संख्या ६ हजार ३ सय छ । गत महिना मध्यपूर्वी मुलकबाट आउनेको संख्या ५ सय मात्रै छ ।

कुन महिनामा कति पर्यटक भित्रिए ?

८ महिनामा भित्रिए ७ लाख पर्यटक

पछिल्लो ८ महिनामा नेपालमा ७ लाख २० हजार पर्यटक भित्रिएको छन् । यस्तो पर्यटक आगमन सन् २०२३ को सोही अवधिको तुलनामा १ लाख १९ हजारले बढी हो । गत वर्ष सन् २०२३ मा ६ लाख १ हजार ३५९ पर्यटक नेपाल आएका थिए ।

पछिल्लो ८ महिनामा नेपालमा ७ लाख २० हजार पर्यटक मध्य सबैभन्दा बढी मार्चमा आएका छन् । सन् २०२४ को ८ महिनामा सबैभन्दा कम पर्यटक जुलाइमै आएका छन् । जुलाइमा आएका पर्यटक ६४ हजार ५९९ पर्यटक छन् ।


क्लिकमान्डु