अमेरिकामा फेरि एक नेपाली मृत फेला



काठमाडौं । अमेरिकामा एक नेपाली मृत फेला परेका छन् । मेरील्यान्ड राज्यको अपर मार्लबोरो बस्दै आएका ४७ वर्षीय नेपाली शान्तलाल प्रधान मृत फेला परेको युएसखबरले जनाएको छ ।

मेरील्यान्ड राज्यको अपर मार्लबोरोस्थित आफ्नो कोठामा गत मंगलबार उनलाई मृत अवस्थामा फेला पारिएको समाचारमा जनाइएको छ । २०१५ देखि अमेरिकामा रहँदै आएका प्रधानको मृत्युको कारण अझै खुल्न सकेको छैन, तर कुनै आपराधिक गतिविधिको संकेत पनि फेला नपरेको छैन ।

चितवन भरतपुरमा गणित शिक्षकको रुपमा काम गरिरहेका बेला उनी सन् २०१५ मा अमेरिका गएका थिए । केही वर्षअघि टेक्सासमा उनलाई बन्दुक देखाएर उनलाई लुटिएको थियो ।

प्रधानको शवलाई नेपाल पठाउन र परम्परागत अन्त्येष्टिका लागि आवश्यक रकम संकलन गर्न गोफण्डमी अभियान सुरु भएको छ ।

केही दिनअघि अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको थियो ।


क्लिकमान्डु