नाडा अध्यक्षले भने: अटो क्षेत्र शोकमा छ



काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र शोकमा रहेको बताएका छन् ।

आइतबार नाडा अटो शो-२०२४ को समापनमा अध्यक्ष चौधरीले नेपाली अटो क्षेत्र शोकमा रहेको र आफूहरुले गर्नुपर्ने जति गर्न नसकेको उनले बताए ।

ठाउँ र समयका कारण नाडाको समय थप्न नसकिएको उनले बताए । शो अटो सेक्टरको उद्देश्य सरकारलाई बुझाउन सफल भएको उनले बताए ।

नाडा शोको ६ दिनको समय बितेको पत्तै नभएको उनको भनाइ छ ।

नाडा अटो सोमा गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन काम गर्छु भनेको र आफूहरुको सफलता भएको चौधरीको भनाइ छ ।

नाडा शो मार्फत दशैंलाई स्वागत गरेको बताउँदै चौधरीले व्यवसायीहरुको अनुहारमा आशाको किरण देखेको उनले बताए।

भदौ ११ गतेबाट सुरु भएको अटो शो आज समापन भएको छ ।


क्लिकमान्डु