अर्थमन्त्रीले निजी क्षेत्रलाई भनेः गुनासोबाट बाहिर निस्किनुस्



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताए ।

तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको उनको भनाइ छ । यसको प्रमाण सरकारका पछिल्ला गतिविधिले पनि प्रमाणित गरिसकेको बताउँदै उनले भने, ‘गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ । सरकारले यदी सुनेको पुगेको छैन भने अझै सुन्न तयार छ ।’

संसदमा विचाराधिन कानूनको विषयमा निजी क्षेत्र छलफलमा भाग लिन चाहेको भन्दै उनले निजी क्षेत्रको सुझाव स—शरीर उपस्थित भएर सुन्ने र सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गर्ने प्रस्ताव अर्थ समितिको सभापतिलाई पनि राख्ने उनले बताए।


क्लिकमान्डु