आयल निगमका कर्मचारी बर्मामाथि कार्यालयमै ढोका थुनेर कुटपिट गरि हत्या



काठमाडौं । क्लिकमान्डुकर्मी राजेश वर्माका भाइ राकेश बर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् ।

नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेशमाथि सहकर्मीले कार्यालयमै कुटपिट गरि हत्या गरेका हुन् ।

करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका बर्मामाथि कुटपिट भएको हो ।

नेपाल आयल निगमका प्रवक्ता पूर्ण रिजालले जनकपुर डिपोमा घटना घटेको बारे जानकारी आएको पुष्टी गरे ।

वर्मा ४ वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए । शुक्रबार बिहान ८ बजे राकेशलाई सहकर्मीहरुले कोठामा थुनेर बेल्चाले टाउकोमा प्रहार गर्दा मृत्यु भएको खबर आएको दाजु राजेश बर्माले जानकारी दिए ।

‘बिहान कार्यालय गएको बेलामा ठोका थुनेर भाइलाई बेल्चा लगायतले हानेर मारेको खबर आयो,’ बर्माले भने, ‘स्पोट डेथ भएको छ । म त्यता जाँदै छु ।’


क्लिकमान्डु