सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा छुट



काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्सले टिकट खरिदमा छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुस्ट ५ सय रुपैयाँ छुट पाउनेछन् ।

यो छुट श्री एयरलाइन्सको सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुने बताइएको छ । यस्तो सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


क्लिकमान्डु