सहकारी छानबिन समितिमा रविको बयानपछि गगनको टिप्पणी: ९ मिनेटमा चट् भन्दै हिँड्नेले ९ घन्टासम्म बयान दिनुपर्‍यो



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ९ मिनेटमा चट् भन्दै हिँडे पनि ९ घन्टासम्म बयान दिनु पर्ने अवस्था त्यहीँ तथ्य प्रमाणले आएको बताएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा पुगेर लामिछानेले ७ गते दिउँसो ४ बजेपछि देखि ८ गते बिहान १ बजेसम्म बयान दिएका थिए ।

त्यो बेला तथ्य र प्रमाणका आधारमा नै बयान दिएको थापाको भनाइ छ ।

‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा हाम्रा साथीहरुले बोकेर जानु भएको छैन होला । यसमा ख्याल गर्नु भएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घन्टासम्म बयान दिनु पर्ने अवस्था त्यही तथ्य प्रमाण भएर आएको हैन होला’ थापाले भने ।

उनले छानबिन समितिमाथि आफूलाई पूर्ण विश्वास रहेको बताए ।

‘ छानबिन समितिमाथि पूरै विश्वास छ । सूर्य थापाले धेरै मेहनत गर्नुभएको छ । समितिमा भएको सबैमाथि विश्वास छ’ उनले भने ‘साथीहरु झुक्किनु भयोकी भन्ने छ । बयान हो बयान । सफाइ होन । फेसाल त आउन बाँकी छ । तथ्य प्रमाणको आधारमा फैसला आउँछ भनेर बसेको छु । बरु रास्वपाका साथीलाई समस्या छ की कालोलाई कसरी सेतो भन्नु । अब मजाले फैसला आउने दिन गनौं । फैसला आएपछि दिन गनौला ।’

तथ्य र प्रमाण भएर नै आफूहरुले त्यतिबेला संसदीय समिति बनाएको थापाको भनाइ छ ।

‘केही दिनदेखि साथीहरुले संसदमा तथ्य खै, प्रमाण खै भनेको सुनियो’ उनले भने ‘तथ्य प्रमाण भएर नै त होलानी यत्रो संसदमा संघर्ष गरेर हामीले संसदिय समिति बनाएका छौं । त्यो समितिले हामीले लडेर बनाएको हो ।’

त्यसको टिओआरमा कम्पनीको नाम लेख्न लगाएको उनको भनाइ छ ।


क्लिकमान्डु