सुनको मूल्यमा आज पनि रेकर्ड, अहिलेसम्मकै महँगो बन्दा कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बिहीबार(आज) सुन तोलाको एक सय रुपैयाँले बढेर तोलामा एक लाख ५३ हजार २ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो आजसम्मकै सबैभन्दा महँगो मूल्य हो ।

यसअघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु