कुमारी बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट



काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई लाजिम्पाटको र्‍याडिसन होटलले आफ्ना नियमित सेवाहरुमा छुट दिने भएको छ ।

बैंक र होटलबीच भएको सम्झौता अनुसार कुमारी बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले र्‍याडिसनका विभिन्न सेवामा आर्कषक छुट प्राप्त गर्नेछन् ।

जस अनुसार होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २० प्रतिशत, ट्रांक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुटको छुटको व्यवस्था दिइएको छ ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियत दरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।


क्लिकमान्डु