स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान



काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्षमा औद्योगिक कर्जा प्रवाह गर्नका लागि प्रस्ताव आह्वान गरेको छ ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार योग्यता पुगेका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीको हकमा यस्तो प्रस्ताव आह्वान गरेको हो ।

प्रतिष्ठानले आगामी असोज २१ गतेभित्र यस्तो प्रस्ताव दर्ता गरिसक्नुपर्ने समयसीमा निर्धारण गरेको छ ।


क्लिकमान्डु