नाडा अटो शोमा महालक्ष्मी विकास बैंक पनि



काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुको तर्फबाट महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको हो । उक्त बैंक एक मात्र विकास बैंकको रुपमा सहभागी छ ।

बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने काम गर्नेछ ।

हाल विकास बैंकहरुमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्ने जनाएको छ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. E33 मा गई सम्पर्क गर्न सक्नेछन् ।


क्लिकमान्डु