सेयर बजारमा १११ अंकको गिरावट आउँदा पनि तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा १११.९६ अंकको गिरावट आउँदा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

यस्तै थ्रिस्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ । कारोबारमा २० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको छ ।


क्लिकमान्डु