सेयर बजारमा १११ अंकको गिरावट आउँदा नेप्से सूचक २७ सय बिन्दु तल



काठमाडौं । सेयर बजारमा सतकीय गिरावट आएको छ ।

कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १११.९६ अंकले घटेर परिसूचकले २७८२.६० बिन्दु कायम गरेको छ । यो दिन बजारमा पहिरो जाँदा बजार २८ सय बिन्दुबाट तल झरेको हो ।
बजारमा पहिरोजाँदा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ८१.४६, विकास बैंक २४२.३०, वित्त १८०.१२, जलविद्युत १४०.५५, जीवन बिमा ५२४.५०, उत्पादन तथा प्रशोधन २२२.६९, माइक्रोफानान्स १६१.२०, निर्जीबन बिमा ३३९.४३, अन्य ८४.७१, ट्रेडिङ समूहको उपसूचक ८५.२० अंकले घटेको छ ।

कारोबारमा ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु