प्रधानमन्त्री ओली अस्वस्थ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तय भए पनि प्रधानमन्त्री उपस्थित नभएका हुन् ।

प्रधानमन्त्री ओली कार्यक्रममा १२ बजे उपस्थित हुने तालिका रहे पनि स्वास्थ्य प्रतिकुल भएकोले कार्यक्रम सहभागी हुन नसक्ने जानकारी आएको आयोजकको भनाइ छ ।

‘१२ बजेसम्म प्रधानमन्त्रीज्यू आउने कार्यक्रम थियो तर अहिले उहाँको सचिवलायले स्वास्थ्य प्रतिकुल रहेकोले उपस्थित नहुने जानकारी गराएको छ,’ एमाले नेतासमेत रहेका पूर्वमन्त्री भानुभक्त ढकालले भने ।

प्रधानमन्त्री उपस्थित नभएपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रमको उद्घाटन गरेका छन् ।


क्लिकमान्डु