तनहुँ बस दुर्घटना: १० गोताखोर र ८० जना सुरक्षाकर्मी उद्धारका लागि परिचालन



दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस शुक्रबार मध्याह्न मस्र्याङ्दी नदीमा खसेको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनकाअनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । १० जना गोताखोर उद्धारका लागि परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु