रैथाने जातको उत्पादन वृद्धि गर्नुपर्छ: कृषि मन्त्री



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको सम्बद्र्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रबिधिको आयात गरी उत्पादन बढाउनु पर्ने बताएका छन्।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको अन्तराष्ट्रिय बीउ सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बीउ बिजन उत्पानदका लागि नेपाललाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्ने सकिने जानकारी दिए । यसका लागि सरकारी ,सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

मन्त्री अधिकारीले खाध तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृदि नै पहिलो सर्त भएपनि जलवायु परिवर्तन र खाध तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले कृषि र कृषि प्रणाली प्रभावित भैरहेको जानकारी दिए ।

उनले कृषि क्षेत्रमा बदलिँदो परिस्थीतिको सामना गर्दे कृषि उत्पादनको वृद्धिमार्फत खाध तथा पोषण सुरक्षा सुनिश्चितताको लागि उन्नत जातका गुणस्तरीय बीउ बीजनको प्रयोग र विस्तारको आवश्यकतामा जोड दिए । बीउ बिजन क्षेत्रमा नेपालमा विधमान सम्भावनाको खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यक्रममार्फत नेपालको खाध सुरक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल बीउ व्यवसायी संघलगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।


क्लिकमान्डु