प्रधानमन्त्री ओलिको प्रश्नः विश्वविद्यालयमा आफैं अशान्ति गराउने अनि शान्ति भएन भन्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरे ।

नारायण प्रसाद आर्चायको प्रश्नको जवाफ दिँदै ओलीले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भनेर उनले प्रतिप्रश्न गरे ।

‘शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन । आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने । शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने । विश्वविद्यालय, महाविद्यालयहरु शान्ति क्षेत्र हुनुपर्ने । ति ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरी शान्ति भएन भन्ने ? त्यस खालका तरिकाहरु हरेकले छोड्नुपर्छ । र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ ।’


क्लिकमान्डु