रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बयानका लागि बोलायो



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार मध्यान्न २ बजे सोधपुछका लागि बोलाइएको हो । लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक हुन् ।

यस्तै समितिले गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि सोधपुछका लागि बोलाएको छ । जोशीलाई शुक्रबार बिहान ११ बजे सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई जोडिएका छन् । अध्यक्ष सहकारी प्रकरणमा जोडिएपछि प्रबन्ध निर्देशक र सञ्चालकलाई समितिले बोलाएका हो । अध्यक्ष राई हाल फरार रहेका छन् ।


क्लिकमान्डु