अन्तिम २ मिनेटमा ६ अंकले बढ्यो बजार, विकास बैंकमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच अन्तिम २ मिनेटमा बजार ६ अंकले बढेको छ ।

सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार बजार ६.०१ अंकले बढेर परिसूचक २९७४.४६ बिन्दु कायम भएको छ ।

इन्ट्रा डे कारोबारमा ३०१८ बिन्दुसम्म पुगेको बजार अन्तिम समयमा भने ३ हजार बिन्दु पार गर्न सकेन ।
३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ भने बाँकी राताम्मे बनेका छन् । बिहीबारको कारोबारमा विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

विकास बैंक समूहको उपसूचक २५६.६२, बैैंक २.९२, वित्त ४८.६०, होटल ९६.२८, जलविद्युत २०.१४, जीवन बिमा समूहको उपसूचक ४२.२२ अंकले बढेको छ ।

यस्तै लगानी १.३२, उत्पादन तथा प्रशोधन ४३.७१, माइक्रोफइनान्स १.१६, निर्जीबन बिमा १६०.५६, ट्रेडिङ समूहको उपसूचक ६३.३१ अंकले घटेको छ । कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा ५ वटा विकास बैंक रहेका छन् ।


क्लिकमान्डु