नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा जेल चलान



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नक्कली शरणार्थी प्रकरणका बिचौलिया झालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन् ।

उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । चार दिन लामो बयान र थुनछेक बहसपछि झालाई थुनामा राख्ने आदेश भएको हो ।

प्रहरीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले भेट गराइदिएको जनाएको छ।


क्लिकमान्डु