परराष्ट्रमन्त्री आरजु किन गइन् भारत ?



काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी भारत प्रस्थान गरेकी हुन् ।

राणा पाँचदिन भारतमा रहने छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार रहेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु