भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण



नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् ।

एसएसएलभी–डी ३ ले दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडी तटमा रहेको श्रीहरिकोटाको लन्च प्याडबाट स्थानीय समयानुसार बिहान ९:१७ मा उडान भरेको थियो ।

‘एसएसएलभीको तेस्रो विकासात्मक उडान सफल रह्यो । एसएसएलभी–डी ३ ले इओएस–०८ लाई ठीक सटीक रूपमा कक्षमा स्थापित गर्यो’, इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो इसरो/डिओएसको एसएसएलभी विकास परियोजनाको सफल समापनका प्रतीक हो, प्रविधि हस्तान्तरणसँगै भारतीय उद्योग र न्यु स्पेस इन्डिया लिमिटेडले अब व्यावसायिक मिसनका लागि एसएसएलभीको उत्पादन गर्नेछन् ।’


क्लिकमान्डु