राष्ट्र बैंकमा खुल्यो जागिर, प्लस टु पास गर्नेले पनि आवेदन दिन पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका पदपूर्तिका लागि दरखास्त फारम पेश गर्न आह्वान गरेको । केन्द्रीय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको हो भने सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन् ।

केन्द्रीय बैंकका अनुसार सहायक निर्देशक पदका लागि न्यूनतम योग्यता अर्थशास्त्र, वाणिज्यशास्त्र वा जनप्रशासन विषयमा स्नातकोत्तर हो भने अधिकृत द्वितीय स्तरको सहायक पदमा प्लसटु पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । सहायक आईटीकन लागि भने आईटी वा कम्प्युटर साइन्समा डिप्लोमा गरेको हुनुपर्छ ।

देशमा राष्ट्र बैंकको जागिर निकै आकर्षक मानिन्छ ।


क्लिकमान्डु