करिब सवा अर्ब ठगेर प्रस्परस सहकारीका अध्यक्ष सहित ५ जना फरार, २ पक्राउ



काठमाडौं । प्रस्परस बचत तथा ऋण सहकारी संस्थाले ३८ जना बचतकर्ताको १ करोड १२ लाख ३७ हजार २४७ रुपैयाँ ठगेको छ ।

काठमाडौं महानगरपालिका ३२ मा रहेको उक्त सहकारीका अध्यक्ष सहित ५ जना बचतकर्ताको बचत ठगेर फरार रहेका छन् भने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ता ठग्ने संस्थाका कोषाध्यक्ष शोभा तामाङ र सचिव सविन लामा पक्राउ परेका छन् ।

बचतकर्तालाई ठगेर फरार हुनेमा संस्थाका अध्यक्ष सागर महर्जन, संस्थाका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सहकारीको सञ्चालक समिति सदस्य दिपेन्द्र पाण्डे, सञ्चालक नारायण केसी, सञ्चालक समिति सदस्य प्रकाश श्रेष्ठ फरार रहेका छन् ।

सहकारी ठगहरुलाई ७ वर्ष कैद र ७० हजार जरिवाना माग गर्दैै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।


क्लिकमान्डु