सेयर बजारका साना लगानीकर्तालाई एकपल्ट एक्का परे तीनपल्ट दुक्का पर्छः दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले सेयर बजारमा साना लगानीकर्ता हीत कहिल्यै नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रसाईंले सेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित नहुने बताएका हुन् ।

सेयर बजारलाई एक किसिमको जुवा घर भन्दै उनले लेखेका छन्, ‘सिमितबाहेक लाखौं लाख जनता बजारमा घप्पु दाउ हान्न बसेका हुन्, उनीहरुको भागमा एक पटक एक्का पर्यो भने ३ पटक दुक्का पर्छ ।’

प्रसाईंले जुवाघरमा जित्ने जहिले पनि जुवा खेलाउने हुने बताएका छन् । सेयर बजारमा पनि सेयर बजारलाई खेलाउन जान्नेले जित्ने उनको तर्क छ । ‘जुवा खेलाउनेहरू सेयर बजारका सिमित तस्कर, मारवाडी, सरकार, मिडिया र सिमित सेयर बजारका स्वथित अभियान्ता हुन्,’ उनले भने ।


क्लिकमान्डु