सेयर बजारमा करेक्सन, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । निरन्तर बढोत्तरी पछि बजारमा मंगलबार बढोत्तरी देखिएको हो ।
बजार मापन गर्ने सूचक ८.१८ अंकले घटेर परिसूचक २९२३.४६ बिन्दु कायम भएको छ ।

३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । विकास बैंक ७६.२२, होटल १७३.९५, जलविद्युत १३.०६, उत्पादन तथा प्रशोधन ११५.३०, माइक्रोफाइनान्स ६२.८१, निर्जीबन बिमा १४५.६७, अन्य समूहको उपसूचक १८ अंकले घटेको छ । कारोबारमा बैंकिङ समूहको ७.१६, जीवन बिमा ७९.७३, ट्रेडिङ समूहको उपसूचक २.६९ अंकले घटेको छ ।

कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । मातृभुमी लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुडविल फाइनान्सको मूल्य सर्किट तहमा बढेको छ ।


क्लिकमान्डु