एचआईडिसीएलले नबिकेको हकप्रद सेयर पुनः बिक्री गर्दै



काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले यसअघि बिक्री नभएको हकप्रद सेयर बिक्रीका लागि पुनः गोप्य बोलपत्र आह्वान गरेको छ ।

यसअघि संस्थापक अन्तर्गत अवितरित हकप्रद सेयर मध्ये लिलाम बढाबढ प्रकृया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले भदौ ६ गते भित्र गोप्य शीलबन्दी बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिनेले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी बोलपत्रमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बोलपत्र फारम बिहान ८ बजेदेखि ग्लोबल आइएमई क्यापिटल नक्सालमा आवेदन दिन सकिने छ । यस्तै उपत्यका बाहिर बिर्तामोड झापा, हनुमानदास रोडप विराटनगर मोरङ, जनकपुरधान धनुषा, आदर्शनगर वीरगञ्ज पर्सा, हेटौडा कमवानपुर, नारायणगढ चितवन, न्यूरोड पोखरा, मिलनचोक बुटवल, बागलुङ बजार बागलुङ, त्रिभुवन चोक नेपालगञ्ज, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरमा अवोदन दिन सकिनेछ । आवेदन दिने न्यूनतम कित्ता १०० रहेको छ ।


क्लिकमान्डु