अझै ४ वर्ष कवि फुँयाल आईएमई लाइफको सीईओ



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ ।

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको कम्पनीले जनाएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ ।


क्लिकमान्डु