सेयर बजारमा रेकर्डः पौने २६ अर्बको कारोबार, नेप्से सूचक ९४ अंकले बढ्दा २२५ कम्पनीको मूल्य बढ्यो



काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम राखेको छ ।

साताको पहिलो दिन आइतबार बजारमा कारोबार रकमले नयाँ रेकर्ड राखेको हो । आज बजार ९४.५३ अंकले बढेर परिसूच्क् २८६०.९१ बिन्दु कायम भएको छ ।

३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेतच भएको छ । यो अहिलेसम्मकै बढी रकमको कारोबार हो ।

२२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा उछाल आएको छ ।

१० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको मूल्य सर्किट तहमा कारोबार भएको छ ।
कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु