चाटर्ड एकाउन्टेन्ट सापकोटा र उप्रेतिको कर सम्बन्धी ‘वन स्टप सोलुसन’ पुस्तक बजारमा



काठमाडौं । चाटर्ड एकाउन्टेन्ट रोशन सापकोटा र शैलेन्द्र उप्रेतिले कर सम्बन्धी विषय समेटेर पुस्तक प्रकाशित गरेका छन् ।

आयकर र मुल्य अभिवृद्ध कर सम्बन्धी कानुन तथा सर्वोच्च अदालत र राजस्व न्याधिकरणबाट भएका फैसला समेट्दै लेखकद्वय सापकोटा र उप्रेतिले ‘वन स्टप सोलुसन’ टु इनकम ट्याक्स एण्ड भिएटी नामको पुस्तक प्रकाशित गरेका हुन् ।

पुस्तकको दोस्रो संस्करणमा आर्थिक ऐन, २०८१ को संशोधनसहित ३ सयभन्दा बढी फैसला, २२० भन्दा बढी उदाहरण, व्याख्या र सम्पादकीय समेटिएको सापकोटाले जानकारी दिए ।

नयाँ संस्करणमा ७५ भन्दा बढी परिपत्र र आन्तरिक राजस्व विभागले जारी गरेका पूर्वादेश समेटिएको लेखक सापकोटाको भनाई छ ।

व्यवसायी ,कर प्रशासन, परामर्शदाता तथा कानून व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि करका विषयमा जानकारी लिन पुस्तक उपयोगी हुने सापकोटाले बताए ।

‘आयकर ऐन र मुल्य अभिवृद्धी ऐन तथा नियमावलीको व्याख्या गर्दै आन्तरिक राजश्व विभागबाट जारी गरिएको आयकर निर्देशिका र मूल्य अभिवृद्धि कर निर्देशिकाका महत्वपूर्ण टिप्पणी र उदाहरणहरुलाई पुस्तकमा प्रस्तुत गरेका छौं,’ सापकोटाले भने, ‘सम्मानित सर्वोच्च अदालत एवम् राजश्व न्यायाधिकरणका फैसलाहरु र परिपत्र एवम् पूर्वदेशलाई पनि दफावार रुपमा राखिएको छ।’


क्लिकमान्डु