तोकियो पानीको खुद्रा मूल्य, जारलाई ४७ र बोटल पानीलाई १६ रुपैयाँ



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको उपभोक्ता मूल्य तोकेको छ ।

विभागले प्रशोधन गरी बिक्री गरिने २० लिटरको जारको पानीलाई अधिकतम खुद्रा मूल्य ४७ र १ लिटर पानीको वोतललाई १६ रुपैयाँ तोकेको हो ।

विभागका निर्देशक राकेश पाण्डेका अनुसार प्रशोधित पानी उत्पादकहरुले होटेल, रेष्टुँरा र व्यवसायिक फर्मलाई सस्तो मूल्यमा र उपभोक्तालाई महँगो मूल्यमा एउटै गुणस्तरको पानी उपलब्ध गराइरहेको पाइएकाले मूल्यमा एकरुपता ल्याउन बजारमा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको हो ।

विभागले तोकिएको मूल्यभन्दा बढि मूल्य असुल गर्ने बिक्रेता र पानी उत्पादकलाई कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।


क्लिकमान्डु