संसदीय समितिमा प्रश्न: संसद्‍मा कुरा उठेपछि सेयर बजार १४५ अंकले घट्यो त्यसको जिम्मा कसले लिने?



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले धितोपत्र बजार केही ब्यक्तिले हल्ला गर्दा, केही सांसदले भन्दैमा, सामाजिक सञ्जालमा लेख्दैमा घटने गरि अस्थिर भएको हो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार अर्थसमितिको बैठकमा सांसद थापाले बजार यस्तो कमजोर हो भने अनुसन्धान गर्ने हो कि भन्दै प्रश्न गरे ।

बजारका बारेमा संसदमा कुरा उठेपछि मंगलबार बजार १४५ अंकले घटेको र लगानीकर्ताको करिब २ खर्ब सम्पत्ति घटेको गुनासो आएको भन्दै त्यसको जिम्मा कसले लिने भन्दै उनले प्रश्न गरे ।

३२ सय पुगेको बजार १४ सय अंकले घटेर १८ सय बिन्दुमा झरेको र लामो समय बियरिस ट्रेन्डमा चलेको बजार अहिले फर्कदा कतिपय चिन्तित भएको उनको भनाइ छ ।

अहिले बजारले सरकारलाई रुचाएको, नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नितीले बजार बढेको देखिएको थापाले बताए ।

सांसद थापाले बोर्ड अध्यक्ष महेश बराल पहिला कम्पनी रजिस्टार कार्यालयमा रहेको स्मरण गराउँदै ऐनले कम्पनी दर्ता भएको तीन वर्षपछि मात्रै पब्लिक कम्पनीमा जान पाउने भनेको बताए । धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदा धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गरेर २ वर्षमा पब्लिक कम्पनी भएर आईपीओमा जान पाउने ब्यबस्था गर्नु कति ठिक हो भन्दै प्रश्न गरे।
कम्पनी ऐनभन्दा बोर्डको नियमावली माथि हो भन्दै थापाले प्रश्न गरे ।


क्लिकमान्डु