सेबोनका कर्मचारीलाई सुपरिवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह, सामाजिक सञ्जाललाई नियमन गर्ने तयारी



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले सेबोनका कर्मचारीलाई सुपरीवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह गरेको बताएका छन् ।

अर्थ समितिको बिहीबार बैठकमा उनले धितोपत्र बजारमा नियमन कमजोर भएका कारण सुपरीवेक्षणका लागि राष्ट्र बैंकको सहयोग लिन लागेको र कर्मचारी दक्ष बनाउन लागेको बताए ।

बोर्डले केही प्राविधिक बिषय बुझ्न परेमा नेप्सेको सहयोग लिनु पर्ने अवस्था रहेको बताए । ‘हामीसँग डेटामा एक्सिस छ,’ उनले भने, ‘तर काम गर्न सक्ने क्षमता छैन ।’

उनले सामाजिक सञ्जाल नियमन गर्न आवश्यक रहेको बताए । क्लब हाउसमा लगायतमा नियमन आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु