अर्थ समितिमा सांसद सूर्य थापाको प्रश्न: सेयर कारोबार भइरहेको समयमा किन बैठक बसेको ?



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सेयर बजार चलिरहेको समयमा अर्थ समितिले सेयर बजारकै बिषयमा किन बैठक राखेको भन्दै प्रश्न गरेका छन् ।

धितोपत्र ऐनको दफा ९५ र ९६ मा बजारलाई कसैल पनि प्रभावित पार्न नहुने व्यवस्था रहेको भन्दै उनले सेयर कारबोर भइरहेको समया बैठक बसेर प्रभावित गर्न मिल्छ भन्दै प्रश्न गरे ।

उनले बजार चलेको दिन बैठक बस्दा कारोबार सुरु हुन अघि वा पछि मात्रै बस्नु पर्ने माग गरे । ‘बजार प्रभावित हुने गरि बैठक चलाउनु हुँदैन’ उनले भने ‘बैठक कि बिहान बसौं, कि ३ बजेपछि बसौं ।’

लगत्तै अर्थ समितिका सभापति सन्तोष चालिसेले बजारको उन्नति र प्रगतिको लागि बैठक बसेको बताए। आज समितिमा नेपालको पुँजी बजार सम्बन्धी समसामयिक बिषयमा छलफल जारी छ ।


क्लिकमान्डु