कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट



काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको समाज डेन्टलका सेवाहरुमा विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड र समाज डेन्टल प्रालिबीच हालै यसबारे सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले समाज डेन्टलका नयाँ वानेश्वर, जावलाखेल चोक, भक्तपुरको राधेराधे, पेप्सीकोला, बसुन्धरा, सीतापाइला चोक, बौद्ध–जोरपाटी, भक्तपुरको कौशलटार, इमाडोल, काभ्रेको बनेपा सेवा केन्द्रहरुबाट सेवा लिएवापत कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहक ग्राहकलाई १० प्रतिशतसम्म छुट दिइने भएको हो ।

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलका सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशुल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।


क्लिकमान्डु